सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मन्यतालाई समृद्ध बनाउनुपर्छः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दशौँ हजार शहीदको योगदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिकका मूल्य मान्यतालाई समृद्ध बनाउँदै लैजानुपर्ने बताएका छन् ।
ललितपुरको महालक्ष्मी नपा–६ सिद्धिपुरमा निर्माण गरिएको समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा स्थापित सालिक अनावरण गर्दै उनले जनताको अधिकारलाई संरक्षण गरेर अगाडि बढ्ने दृढता व्यक्त गरिन् ।
मन्त्री भुसालले भनिन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थाको रक्षा गर्दै थप अधिकारका निम्ति निरन्तर ढङ्गले अगाडि बढ्न चाहन्छौँ ।”
जनप्रतिनिधि र क्रान्तिकारी पार्टीको जिम्मेवार व्यक्तिका रूपमा आफू र आफ्नो पदीय दायित्वबाट जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उनले अष्टमान र चन्द्रबहादुरले जनताको पक्षमा निर्वाह गरेको भूमिकालाई निरन्तर स्मरण गर्ने बताए ।
निरङ्कुश राजतन्त्रको समयमा पनि गरिब, उत्पीडित जनता र राष्ट्रको पक्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आबद्ध हुने अग्रगामी नेताका रूपमा स्थापित अष्टमान र चन्द्रबहादुर सिङ्गो कम्युनिष्ट आन्दोलनका साहसी योद्धा भएको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “अष्टमान र चन्द्रबहादुरसहित लाखौँ बेपत्ता र शहीदको योगदानले जनताको संविधान लेख्न सफल भएको हो । उहाँसहित दशौँ हजार शहीदलाई पार्टीले सम्झिरहन्छ ।”
पछिल्लो समयमा जनताका अधिकारलाई घुमाइफिइराइ प्रतिगमनतर्फ लैजाने हर हर्कत पराजित गर्ने विश्वास व्यक्त गर्दै जनताकै बीचमा रहने जनविरोधलाई चिन्न सक्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा ललितपुरबाट प्रदेश एवं स्थानीय निर्वाचित जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।
















‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया