रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन । रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ। आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो।
नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो। नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन गरेको थियो। समितिले दिएको प्रतिवेदनअनुसार नगरपालिकाले अहिलेको विद्यार्थी सङ्ख्यालाई आधार मानेर निःशुल्क गर्दा वार्षिक दुई करोड ४० लाख हाराहारी थप खर्च हुने जनाएको छ।
प्रमुख सापकोटाका अनुसार निःशुल्क शिक्षाको व्यवस्था गर्दा एक विद्यार्थीलाई थप दुई हजार ५०० हाराहारी खर्च हुने प्रारम्भिक अनुमान छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि यो खर्च थप गर्न लागिएको हो। यसअघिनै आधारभूत तहमा निःशुल्क गरिएको थियो।
शिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। यस नगरपालिकामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दुई हजार १६७ रहेको छ। विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिने गरी निःशुल्क शिक्षा घोषणा गर्न लागिएको हो।
समितिका संयोजक जगन्नाथ अधिकारीले अझै थप छलफल गर्न लागिएको बताए। सबै विद्यालयका प्रध्यानाध्यापकसँग छलफल गरी एक विद्यालयलाई आवश्यक पर्ने थप रकम के कति हो संकलन गरी नगरपालिकाले थप गर्नुपर्ने रकमको टुंगो लगाइने छ। उनका अनुसार केही रकम बढ्न सक्ने देखिन्छ।
नगरपालिकामा कक्षा ९ देखि १२ सम्मका २७ विद्यालय छन्। हाल विद्यालयहरुले भर्ना शुल्क, परीक्षा शुल्क र अतिरिक्त कक्षाका लागि आवश्यक पर्ने खर्च विद्यार्थीबाट लिँदै आएका छन्।
माध्यमिक तहमा निः शुल्क शिक्षाको व्यवस्था गर्दा १५ थप शिक्षक आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। ती शिक्षकको पारिश्रमिक नगरपालिकाले दिनुपर्ने हुन्छ। माध्यमिक तहमा स्थानीय सरकारले कार्यविधि बनाएर निःशुल्क घोषणा गर्न पाउने संविधानमा उल्लेख भएअनुसार रत्ननगर नगरपालिकाले संविधानको धारामा टेकेर निःशुल्क शिक्षा लागू गर्न लागेको हो।
















खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
प्रतिक्रिया