ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।
देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिएका हुन् ।
सोपश्चात् देवकोटालाई पक्राउ गरिएको सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, “राहुल गुप्तासमेतका आठ जनाले झुटो विवरण पेश गरी नेपाली लिएको हुँदा निजलाई समेत कारबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो ।”
प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया