एमाले उच्चस्तरीय कार्यदलको बैठक सुरु
मेरोन्यूज
२०७८ असोज १२ गते १३:२६

काठमाडौँ । नेकपा एमाले उच्चस्तरीय कार्यदलको बैठक सुरु भएको छ । कार्यदलको बैठक मंगलबार केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकले १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको संयोजकको जिम्मेवारी भीम रावललाई दिएको थियो । रावलले आजका लागि कार्यदलको बैठक बोलाएका थिए ।
कार्यदलले केन्द्रीय कमिटीलगायतका निकायमा मनोनीत हुनेहरूको सूचीसमेत तयार पार्ने बताइएको छ । यस्तै कार्यदलले पूर्वमाओवादी नेताको पनि समायोजन गर्नेछ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।
सम्बन्धित
















‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया