कोही मन्त्री बन्न नपाउने मागसहित सर्वोच्चमा रिट दायर
परराष्ट्रमन्त्री खड्काको सपथ बदर गर्न माग

काठमाडौँ । सर्वोच्च अदालतमा कसैलाई मन्त्री बनाउन नहुने र मन्त्रीको हैसियतमा सपथ ग्रहण नराउन माग राख्दै रिट निवेदन परेको छ । अधिवक्ता विशाल न्यौपानले संविधान बमोजिम कानुन नबनेको भन्दै कानुन नबनाई कसैले मन्त्रीको हैसियतमा सपथ नगर्न–नगराउन अन्तरिम आदेशको माग गरेका हुन् ।
संविधानको धारा ८० बमोजिम संघीय कानुन बमोजिम मात्रै प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभारको गोपनीयताको सपथ लिन पाउने व्यवस्था रहेको छ ।
यस्तै, परराष्ट्रमन्त्री नारायण खड्काको शपथ ग्रहणसमेत बदर गर्नु पर्ने भन्दै रिट दायर भएको छ । उनले गत ६ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
गत जेठ ६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ‘शपथसम्बन्धी अध्यादेश २०७८’ जारी भई प्रमाणित भएको थियो । सो अध्यादेश संसदमा पेस भए पनि पारित भएको छैन ।
शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएकाले अध्यादेश संविधानको धारा १४४ (२ ग) अनुसार स्वतः निष्क्रिय भएको रिटमा उल्लेख गरिएको छ ।















सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया