भ्रष्टाचारको आरोपमा अल्जेरियाका दुई पूर्वप्रधानमन्त्री जेल चलान
काठमाडौँ । अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । पूर्वराष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका उनीहरूलाई अदालतले सजाय तोकेको हो ।
पूर्वप्रधानमन्त्री अहमद ओयुयाहीयालाई ६ वर्ष र अर्का पूर्वप्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई ५ वर्ष जेल चलान गरिएको समाचारमा जनाइएको छ ।
उनीहरूलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेकोलगायतका मुद्दा लगाइएको समाचारमा जनाइएको छ । सरकारी अधिकारीका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्दा बनाइएको छ ।
भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै ५ वर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ ।
पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बन्नु भएको थियो ।
त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्नु भएको थियो । उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक रहेका थिए । तत्कालीन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएका थिए ।
हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दबाबका कारण उनले राजीनामा दिनु परेको थियो । उनले यही सेप्टेम्बर महिनामा ८४ वर्षको उमेरमा निधन भएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया