सोमबार, मंसिर २९, २०८२

कपनबाट अपहरण गरिएका बालक भारतमा सकुशल भेटिए

मेरोन्यूज २०७८ असोज १३ गते ८:३५

काठमाडौँ । काठमाडौँको कपनबाट हराएका चार वर्षीय बालक पियुष शर्मालाई भारत पुर्याइएको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । उनलाई अपहरण गरेर भारत पु¥याएको दावी गर्दै प्रहरीले खोजतलासको क्रममा भारतमा फेला पारेको हो ।

भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक सकुशल फेला पारिएको र बालकलाई अपहरण गरी लैजाने व्यक्तिलाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ । अहिले बालकलाई प्रहरीले आफ्नो साथमा लिइसकेको र भारत लैजानेलाई नियन्त्रणमा लिएको प्रहरीको दावी छ ।

भारत घर भइ कपनमा बस्दै आएका काठ मिस्त्री विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे हराएका थिए । उनीहरुसँगै कपनमै बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको प्रहरी जनाएको छ । बालकलाई भारत पु¥याउने दासलाई नेपाल ल्याएर अनुसन्धान गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रतिक्रिया