कपनबाट अपहरण गरिएका बालक भारतमा सकुशल भेटिए

काठमाडौँ । काठमाडौँको कपनबाट हराएका चार वर्षीय बालक पियुष शर्मालाई भारत पुर्याइएको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । उनलाई अपहरण गरेर भारत पु¥याएको दावी गर्दै प्रहरीले खोजतलासको क्रममा भारतमा फेला पारेको हो ।
भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक सकुशल फेला पारिएको र बालकलाई अपहरण गरी लैजाने व्यक्तिलाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ । अहिले बालकलाई प्रहरीले आफ्नो साथमा लिइसकेको र भारत लैजानेलाई नियन्त्रणमा लिएको प्रहरीको दावी छ ।
भारत घर भइ कपनमा बस्दै आएका काठ मिस्त्री विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे हराएका थिए । उनीहरुसँगै कपनमै बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको प्रहरी जनाएको छ । बालकलाई भारत पु¥याउने दासलाई नेपाल ल्याएर अनुसन्धान गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।


















मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया