आइतबार, मंसिर २८, २०८२

सत्ता गठबन्धन दल आन्तरिक तयारीमा

मन्त्री बन्नेहरुको सूचि तयार पार्दै मुख्य नेता, लविङका लागि धाउँदै आकाक्षी नेता

मेरोन्यूज २०७८ असोज १३ गते १०:२०

काठमाडौं । सत्ता गठबन्धन दलभित्रै राजनीतिक दल सम्वन्धी अध्यादेशले पार्ने सम्भावित संकटका कारण भयग्रस्त जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको वीचको अन्तरविरोध अध्यादेश फिर्ता गरेर समाधान गरेपछि प्रधानमन्त्री शेरवहादुर देउवा मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्यमा जुटेका छन् ।

उनले भोलीसाँझसम्म मनित्रपरिषद् विस्तार गर्ने गरी गठबन्धन दलभित्रै मन्त्री बन्नेको नाम माग्न थालेका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रीको नाम मागेपछि अन्य दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । अध्यादेश फिर्ता पछि मंगलवार नै दलहरुका वीचमा छलफल हुने र मन्त्रालय भागवन्डा टुग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने बताईएको थियो ।

तर, सत्ता गठबन्धनका दलका वीचमा मंगलबार कुनै छलफल भएन ।

आज दलहरुले पहिले आन्तरिक छलफल गर्ने तयारी गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु मन्त्रीको सम्भावित नामका वारेमा सूचि तयार पार्न जुटेका छन् । आकाक्षी नेताहरु पनि शीर्ष नेताहरुका घरदैलोमा लविङमा लागेका छन् ।

प्रधानमन्त्री देउवा आफ्नै पार्टीभित्र पनि अप्ठ्यारोमा छन् । उनले अहिलेसम्म जति मन्त्री बनाए कांग्रेसवाट ति सवै आफनो समुहबाट मात्र बनाएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समुहलाई अहिलेसम्म मनित्रपरिषद्मा समावेश गरेका छैनन । उनीहरुको टिमवाट नेताहरुलाई मन्त्री बनाउनु पर्ने दवावमा प्रधानमन्त्री देउवा छन् ।

गठबन्धन दलका वीचमा भागवन्डा लगाउँदा कांग्रेसले प्रधानमन्त्री सहित ७ मन्त्रालय पाउने भएको छ । जसमा प्रधानमन्त्री सहित ४ मन्त्री र एक राज्यमन्त्री देउवाले आफनो टिमबाट बनाईसकेका छन् । अव पौडेल र सिटौलावाट नसमेटि नहुने वाध्यात्मक अवस्थगामा देउवा छन् । सोही कारण

बुधबारसम्म आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दिन वरिष्ठ नेता पौडेल र सिटौलालाई प्रधानमन्त्री देउवाले ताकेता गरिसकेको बालुवाटार स्रोतको भनाई छ । पौडेलले कम्तीमा ३ मन्त्री पाउनुपर्ने बताएको छ । तर देउवाले पौडेल पक्षलाई दुई मन्त्री मात्र दिने तयारी गरेका छन् । सिटौला पक्षलाई भने एक जना मन्त्री दिने देउवाको तयारी छ ।

त्यसो गर्दा देउवाले आफनो टिमवाट अझै एक जना मन्त्री बनाउन चाहेका छन् । उनले पुष्पा भुसाललाइ आफनो टिमबाट मन्त्री बनाउने चर्चा पनि छ । भुसाललाई कानुनमन्त्री दिएर कार्कीलाई अन्य मनत्रालयमा सार्ने चर्चा वालुवाटारमा छ ।

उता माओवादी केन्द्रमा पनि मन्त्री बन्नेहरुका आकाक्षी धेरै छन् ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल अहिलेसम्म मन्त्री नबनेका स्थायी कमिटि सदस्य भएकोले उनको सम्भावना अलिक बलियो छ । आज विहान ११ वजेवाट बस्ने माओवादी केन्द्रको स्थायी कमिटि बैठकले सम्भावित मन्त्रीहरुको बारेमा चर्चा गर्ने र नाम सम्भवत प्रधानमन्त्री देउवालाई वुझाउने तयारी भएको छ । माओवादी केन्द्रको स्थायी कमिटि बैठक अहिले विहान ११ वजे पार्टी कार्यालय पेरिसडाडामा बस्दैछ । मंगलवार दिउँसो ३ वजे नै स्थायी कमिटि बैठक वस्ने भनिएपनि आकाक्षी नेताहरुसँग एक चरण प्रचण्डले छलफल गर्न चाहेका कारण हिजोको बैठक आज विहान लाई सारिएको थियो ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, हितवहादुर तामाङ, सुदन किराती जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ , मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।

द्येउवाले आफनो क्याविनेटमा उपप्रधानमन्त्री नबनाउने भनेपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ र काग्रेस नेतृ सुजाता कोइराला के गर्छिन् ? भन्ने चर्चा पनि चलेको छ । सुजाताले उपप्रधान नपाएपनि मन्त्रीकै रुपमा भएपनि सरकारमा जाने मन गरेको तर श्रेष्ठले भने उपप्रधान नपाए के जाने भन्न थालेको चर्चा छ ।

मधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीले भने एकसरो मन्त्री बन्नेको नाम फाइनल जस्तै गरेर प्रधानमन्त्री लाई बुझाईसकेको बताईएको छ । जसअनुसार, विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठको चर्चा छ । नेतृत्व विरोध खतिवडाले गर्ने या रामकुमार झाक्री भन्नेमा भने विवाद रहेका कारण टुग्गो नलागीसकेको बतताइन्छ ।

त्यस्तै जनता समाजवादीमा भने मन्त्रीको आकाक्षी सवै नेता छन् । देउवाले उपप्रधानमन्त्री नबनाउने भएपछि उपेन्द्र यादवको वाटो वन्द भएको छ ।

तर राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, मृगेन्द्र सिंह, प्रमोद साह, अमृता अग्रहरी, रेणु यादव लगायतको नाम चर्चामा छ । जसपावाट राजेन्द्र श्रेष्ठले सरकारमा पार्टीको तर्फबाट नेतृत् वगर्न सक्ने बताईएको छ ।

दलहरुले पहिले आन्तरिक तयारी गरेर नाम सहित बालुवाटार पुगे आजै सत्ता गठबन्धन दलको बैठक बसेर मोटामोटी मन्त्रालय भागवन्डा लगाउने र भोलि साझा सम्म मनित्रपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

प्रतिक्रिया