सर्वदलिय बैठक बस्दै, बैठकमा सहभागी हुने वा नहुने भन्नेमा एमाले अन्योल

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका हुन् ।
प्रमुख प्रति पक्ष नेकपा एमालेले गत २३ गतेबाट लगातार संसद् बैठक अवरोध गर्दै आएपछि संसद्को गतिरोध अन्त्य गर्न सर्वदलिय बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । यसबीचमा संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले आफ्नो दुतका रुपमा कानुन मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पठाएका थिए ।
तर एमालेले संसद अवरोध कायमै राखेपछि त्यसको अन्त्य गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।
एमालेले संसद अवरोध कायमै राखे सरकारले संसद्को जारी अधिवेशन अन्त्य गर्ने जनाइएको छ । एमाले सचेतक शान्ता चौकधरीले प्रतिनिधि सभाको बैठकमा आज पनि अवरोध जारी रहने बताइन् ।
एमाले सर्वदलीय बठैकमा सहभागी नभएर वा सहभागी भएर संसद्को अवरोध अन्त्य गर्न सहमति नभए सरकारले संसद्को जारी अधिवेशन अन्त्य गर्ने बताइएको छ । एमाले सर्वदलिय बैठकमा सहभागी हुने वा नहुनेमा अन्योलता देखिएको छ ।
यस विषयमा एमाले नेताहरुसँग बुझ्दा कुनै जानकारी नभएको बताएका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद्को बैठक बालाएका छन् । सर्वदलीय बैठकमा संसद् अवरोध अन्त्य गर्ने सहमति नभए आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट संसद्को जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जनाइएको छ ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया