मन्त्रिपरिषद् बैठक बस्दै, प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गर्ने तयारी
मेरोन्यूज
२०७८ असोज १४ गते ७:४२

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह तीन बजेका लागि बैठक बोलाएका हुन् ।
संसद्को अवरोध अन्त्य गर्न बिहान दश बजे सर्वदलिय बैठक बोलाएका देउवाले संसद्को अवरोध अन्त्य गर्ने विषयमा सहमति नभए आजैबाट प्रतिनिधि सभाको जारी अधिवेशन अन्त्य गर्ने बताइएको छ ।
संसद् अवरोध अन्त्य गर्न एमाले सहमति नभए मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको चालू अधिवेशन अन्तय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ । एमाले सर्वदलिए बैठकमा सहभागी हुने वा नहुने भन्नेमा अन्योल छ । एमाले सचेतक शान्ता चौधरीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा संसद् अवरोध जारी रहने बताइन् ।
सम्बन्धित
















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया