सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
मेरोन्यूज
२०८२ चैत २३ गते १७:०७

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकारका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासोको सुनुवाइ र समाधान गर्न उक्त केन्द्र स्थापना गरिएको हो ।
उक्त ‘गुनासो व्यवस्थापन केन्द्र’मा मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
गुनासो व्यवस्थापनको कार्य गर्न उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको र गुनासो व्यवस्थापन केन्द्रले गुनासाको सङ्कलन र वर्गीकरण गरी सम्बन्धित पदाधिकारीबाट सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया