एमालेलाई वार्तामा आउन सर्वदलीय बैठकको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद्मा जिम्मेवार ढंगले प्रस्तुत हुन सर्वदलीय बैठकले आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै एमालेलाई वार्तामा आउन आग्रह गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरिने बताएको बैठक पछि सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
उनले बैठकमा संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन एमाले र मुख्य विपक्षी दलको नेताले सकारात्मक भूमिका खेल्नु पर्ने धारणा व्यक्त भएको बताए । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएको एमाले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा पनि सहभागी भएको थिएन ।















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया