एमालेको विधान महाधिवेशन प्रतिनिधीलाई नियम
स्थायी कमिटि सदस्यसम्मलाई सिट प्लानिङ, अन्य प्रतिनिधीलाई तीन ओटा हल र दुई वटा टेन्टका बस्ने ब्यवस्था

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन भोलि देखि ललितपुरको गोदावरीमा सम्पन्न हुदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको मूल ब्यवस्थापन समितिका संयोजक स्थायी समिति सदस्य रामवहादुर थापा (बादल)ले जानकारी दिए ।
महाधिवेशनमा झण्डै ७ हजार प्रतिनिधी/पर्यवेक्षक सहभागी हुने आयोजकहरुले बताएका छन् । महाधिवेशन प्रतिनिधीलाई एमालेले ब्यवस्थापनको आफ्नै खालको नियम बनाएको छ ।
हलको ब्यवस्थापन कसरी ?
विधान महाधिवेशनको मूल हलको अगाडी मञ्चमा एमालेका पदाधिकारी र स्थायी समिति सदस्य मात्र बस्ने ब्यवस्था गरिएको छ । त्यसमा प्रत्यके पदाधिकारी तथा स्थायी कमिटि सदस्यको नाम सहितको सिट प्लानिङ गरेको छ । नाम हेदै पदाधिकारी र स्थायी समिति सदस्यलाइृ बस्ने ब्यवस्था गरिएको छ ।
मूल हलमा सवै प्रतिनिधी सहभागी हुन सक्ने छैनन । मूल हलमा ३ हजार प्रतिनिधीलाई मात्रै बस्ने ब्यवस्था आयोजक समितिले बनाएको छ । त्यस्तै वाकी प्रतिनिधीलाई हलको दाँया बाँया खाली हलहरुमा १, १ हजार प्रतिनिधीलाई बस्ने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ । यसो गर्दा ५ हजार प्रतिनिधीको ब्यवस्थापन हुने छ । वाँकी २ हजारलाई हलको दायाँ वायाँका प्यासेजहरुमा माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्ने १, १ हजार क्षमताका हल निर्माण गरिएको छ । त्यहाँ वाँकी २ हजारको ब्यवस्था गरिएको छ ।
खाना नास्ता कसरी ?
महाधिवेशनमा सहभागी हुन देशभरवाट आएका ७ हजार प्रतिनिधीलाइृ खाना नास्ताको ब्ययवस्थापनमा पनि एमालेले नियम बनाएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधी, स्वंयमसेवक, सुरक्षार्मी, गाडीका चालकहरु सवैका लागि विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै ब्यवस्थापन आयोजकले गरेका छन् । उनीहरुले महाधिवेशन स्थलमै खाना र खाजा खान पाउनेछन् ।
तर आयोजकले महाधिवेशन प्रतिनिधीलाई विहानको खाना विहान ९ बजे देखि ११ वजेसम्म खाना खाईसक्ुनपर्ने अनिवार्य नियम बनाएको छ । खाना खाएर विहान ११ वजे हलभित्र प्रवेश गरिसक्नुपर्ने र दिउँसोको खाजा प्याकेटको सम्वन्धित वसेकै स्थानमा ब्यवस्था हुने छ । साझँको खाना बसेकै स्थान वा आफ्नै ब्यवस्थापनमा खाने ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
निजी सधान नभएका महाधिवेशन प्रतिनिधीलाई ललितपुरस्थित सात दोवाटोमा झण्डासहित बसहरुको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया