एमालेको विधान महाधिवेशन प्रतिनिधीलाई नियम
स्थायी कमिटि सदस्यसम्मलाई सिट प्लानिङ, अन्य प्रतिनिधीलाई तीन ओटा हल र दुई वटा टेन्टका बस्ने ब्यवस्था

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन भोलि देखि ललितपुरको गोदावरीमा सम्पन्न हुदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको मूल ब्यवस्थापन समितिका संयोजक स्थायी समिति सदस्य रामवहादुर थापा (बादल)ले जानकारी दिए ।
महाधिवेशनमा झण्डै ७ हजार प्रतिनिधी/पर्यवेक्षक सहभागी हुने आयोजकहरुले बताएका छन् । महाधिवेशन प्रतिनिधीलाई एमालेले ब्यवस्थापनको आफ्नै खालको नियम बनाएको छ ।
हलको ब्यवस्थापन कसरी ?
विधान महाधिवेशनको मूल हलको अगाडी मञ्चमा एमालेका पदाधिकारी र स्थायी समिति सदस्य मात्र बस्ने ब्यवस्था गरिएको छ । त्यसमा प्रत्यके पदाधिकारी तथा स्थायी कमिटि सदस्यको नाम सहितको सिट प्लानिङ गरेको छ । नाम हेदै पदाधिकारी र स्थायी समिति सदस्यलाइृ बस्ने ब्यवस्था गरिएको छ ।
मूल हलमा सवै प्रतिनिधी सहभागी हुन सक्ने छैनन । मूल हलमा ३ हजार प्रतिनिधीलाई मात्रै बस्ने ब्यवस्था आयोजक समितिले बनाएको छ । त्यस्तै वाकी प्रतिनिधीलाई हलको दाँया बाँया खाली हलहरुमा १, १ हजार प्रतिनिधीलाई बस्ने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ । यसो गर्दा ५ हजार प्रतिनिधीको ब्यवस्थापन हुने छ । वाँकी २ हजारलाई हलको दायाँ वायाँका प्यासेजहरुमा माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्ने १, १ हजार क्षमताका हल निर्माण गरिएको छ । त्यहाँ वाँकी २ हजारको ब्यवस्था गरिएको छ ।
खाना नास्ता कसरी ?
महाधिवेशनमा सहभागी हुन देशभरवाट आएका ७ हजार प्रतिनिधीलाइृ खाना नास्ताको ब्ययवस्थापनमा पनि एमालेले नियम बनाएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधी, स्वंयमसेवक, सुरक्षार्मी, गाडीका चालकहरु सवैका लागि विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै ब्यवस्थापन आयोजकले गरेका छन् । उनीहरुले महाधिवेशन स्थलमै खाना र खाजा खान पाउनेछन् ।
तर आयोजकले महाधिवेशन प्रतिनिधीलाई विहानको खाना विहान ९ बजे देखि ११ वजेसम्म खाना खाईसक्ुनपर्ने अनिवार्य नियम बनाएको छ । खाना खाएर विहान ११ वजे हलभित्र प्रवेश गरिसक्नुपर्ने र दिउँसोको खाजा प्याकेटको सम्वन्धित वसेकै स्थानमा ब्यवस्था हुने छ । साझँको खाना बसेकै स्थान वा आफ्नै ब्यवस्थापनमा खाने ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
निजी सधान नभएका महाधिवेशन प्रतिनिधीलाई ललितपुरस्थित सात दोवाटोमा झण्डासहित बसहरुको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

















चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रौतहटमा अनिश्चितकालीन कर्फ्यु
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया