४ देशका राजदूतद्वारा ओहोदाको प्रमाण पत्र पेश
मेरोन्यूज
२०७८ असोज १४ गते १७:४६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाण पत्र पेस गरेका हुन् ।
त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया