दसैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य

काठमाडौँ । दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ ।
रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसैँका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको संख्या बढ्दै गएको छ ।
उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो । उनले भने, “नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ ।”
हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको छ । झुलाघाट नाकाभएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोटलगायतका नागरिक आवतजावत गर्ने गर्दछन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ ।
जिल्लामा हाल १७ कोरोनाका सक्रिय संक्रमित छन् हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया