शनिबार, फागुन ३, २०८१

एमाले महाधिवेशन सम्पन्न गर्न अध्यक्ष मण्डल र कमिटीको घोषणा

मेरोन्यूज २०७८ असोज १५ गते १३:४०

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न मण्डल तथा कमिटी तयार पारिएको छ । ३ दिनसम्म चल्ने महाधिवेशन कुशलपूर्ण रुपमा सम्पन्न गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अध्यक्ष मण्डल तयार पारिएको हो ।

Advertisement
IMEnabil

यस्तै, महाधिवेशन पूरा गर्नका लागि पार्टी अध्यक्ष मण्डलसहित महाधिवेशनमा आउने सुझावहरूलाई अध्ययन गर्ने गरी सुझाव अध्ययन कमिटीको घोषणा गरिएको छ ।

यसैगरी, बहस नोट कमिटी र प्रचार कमिटीलगायत कमिटी तयार पारेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया