पानीको बोतलमा ओलीको फोटो, मुख्य मञ्चमा छैन पुराना कम्युनिष्ट नेताहरुको तस्वीर
मेरोन्यूज
२०७८ असोज १५ गते १३:५९

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा पानीको बोतलमा समेत पार्टी अध्यक्ष केपी शर्मा ओालीको फोटो राखिएको छ । ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा आजबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा राखिएको पानीको बोतलमा ओलीको फोटो राखिएको हाे ।
तर एमालेले विधान महाधिवेशनको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । विगतमा पुराना कम्युनिष्ट नेताहरु पुष्पलाल, मदन र मनमोहनको तस्वीर हुन्थ्यो ।
एमालेले पहिलो विधान महाधिवेशनको मुख्य मञ्चमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको तस्वीर राखिएको छैन ।
महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा अध्यक्ष ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।
सम्बन्धित
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया