अपहेलना मुद्दामा पूर्व प्रधानन्यायाधीशहरूले पाए सफाई

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्व प्रधानन्यायाधीशलाई सफाई दिएको छ । अदालतको अवहेलना मुद्दामा उनीहरूविरुद्ध रिट दायर भएकोमा आजा अदालले सफाई दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले पूर्व प्रधान्यायाधीशविरुद्ध परेको रिटमा माग दाबी नपुगेको भन्दै सफाई दिने फैसला गरेका हुन् ।
पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति जारी गर्दै ५ पुस गने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको अभिव्यक्ति दिएका थिए ।
अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना रिट निवेदन पेश गरेका थिए ।

















आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
भारतले जित्यो टि–२० विश्वकपको उपाधि
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
आज साेमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया