अपहेलना मुद्दामा पूर्व प्रधानन्यायाधीशहरूले पाए सफाई

काठमाडौँ । सर्वोच्च अदालतले चार जना पूर्व प्रधानन्यायाधीशलाई सफाई दिएको छ । अदालतको अवहेलना मुद्दामा उनीहरूविरुद्ध रिट दायर भएकोमा आजा अदालले सफाई दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले पूर्व प्रधान्यायाधीशविरुद्ध परेको रिटमा माग दाबी नपुगेको भन्दै सफाई दिने फैसला गरेका हुन् ।
पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति जारी गर्दै ५ पुस गने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको अभिव्यक्ति दिएका थिए ।
अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना रिट निवेदन पेश गरेका थिए ।












दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
फेकनको १५ औँ वार्षिक साधारण सभा सम्पन्न
पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया