पार्टी विभाजन गर्ने योजनाकार माधव नेपाल हुन् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । उनले पार्टी विभाजन गर्नेको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागत योग्य काम गरेको टिप्पणी गरे ।
पार्टीको पहिलो विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले भने, ‘पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरु त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।’
अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउन माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापा ‘बादल’लगायतका नेताहरुले सकारात्मक योगदान पुर्याएको स्पष्ट पारे । उनले एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकासमेत सहयोगी भएको दाबी गरेका थिए ।
उनले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानुन सम्मत ढंगले प्रतिवद्धत गर्ने चेतावनी दिए । उनले भने, ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्रतिवाद गर्ने छौँ ।’
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया