बीमा समितिको निर्देशनप्रति इपानको आपत्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले बीमा समितिले जलविद्युत् आयोजनाको सम्बन्धमा गरिएको पछिल्लो व्यवस्थाप्रति आपत्ति जनाएको छ ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार केही निर्जीबन बीमा कम्पनीको प्रभावमा परी निर्देशन जारी हुनु गलत छ । गत असार १ गते गण्डकी र वाग्मती प्रदेशका केही नदी बेसिन करिडोरका आयोजनामा पुगेका क्षतिको क्षतिपूर्ति दिनुको साटो गलत मनसाय राखेर ऊर्जा उद्यमीलाई दुःख दिन खोजिएको इपानको भनाइ छ ।
बीमा समितिले पूरा क्षतिपूर्ति गराउन पहल गर्नुपर्नेमा उल्टै बीमा रकममा गरिएको वृद्धि आफूहरुलाई मान्य नभएको इपानको भनाइ छ । गत असार पहिलो साताको बाढीका कारण क्षति पुगेका आयोजनालाई बढी क्षतिपूर्ति दिनुप¥यो भन्ने मान्यता राखेर जलविद्युत् आयोजनाप्रति गरिएको व्यवहार आफैँमा मिल्दो नभएको अध्यक्ष आचार्यको भनाइ छ ।
इपानले गलत उद्देश्य राखेर दिइएको निर्देशन तत्काल खारेज गरी दोषीमाथि कारबाही गर्न अर्थ मन्त्रालय र अर्थ मन्त्रीसँग माग गरेको छ ।
सरकारले ११४ वर्षमा गर्न नसकेको काम निजी क्षेत्रले विगत २७ वर्षमा गरेको भन्दै इपानले बीमा दाबी गर्दा क्षतिको तुलनामा असाध्यै कम मात्रै क्षतिपूर्ति पाएको अवस्थामा बीमाङ्क बढी तिर्नुपर्ने उद्देश्य राखी गरिएको निर्णय आफूहरुलाई मान्य नभएको बताएको छ ।
















बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रतिक्रिया