आज समापन हुँदै अखिल (क्रान्तिकारी)को सम्मेलन, नेतृत्व चयनमा अन्यौल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन शनिबार पनि जारी छ । गत बिहीबारदेखि काठमाडौँमा सुरु भएको सम्मेलन आज समापन हुने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । तर, संगठनको नेतृत्व कसले लिने भन्नेबारेमा अन्यौल देखिएको छ ।
संगठनका नेताहरूले अध्यक्ष प्रचण्डलाई आगामी नेतृत्व चयन गर्ने जिम्मेवारी दिएसँगै नेतृत्व चयन अन्यौल बनेको हो । प्रचण्ड स्वयमले समेत संगठनको अध्यक्षमा दाबेदारी दिएका विद्यार्थी नेताहरूसँग छलफल गरेका थिए ।
संगठनको नेतृत्वमा मुख्य चार प्रतिस्पर्धी रहेका छन् । जसमा उपाध्यक्षहरू पञ्चासिहं, सुरेन्द्र बस्नेत तिलक भण्डारी र महासचिव उत्तम अधिकारी रहेका छन् । प्रचण्डले नै संगठनको नेतृत्व चयन गर्ने भएपछि अध्यक्षका दाबी दिँदै आएका नेताहरूसमेत अन्यौल रहेका छन् ।
प्रचण्डले संगठनका वर्तमान पदाधिकारीमध्ये एक जनालाई नेतृत्व दिएर सबैलाई पार्टीको मुख्य जिम्मेवारी दिने उद्घोष गर्दै आएका छन् ।















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया