एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि छलफल गर्न यी नेतालाई जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनअन्तर्गत आज शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । विभिन्न १० समूहमा समूहगत छलफल हुने एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले छलफलको निष्कर्ष प्रस्तुति गर्ने छन् । राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमाथि समूहगत छलफलका लागि प्रदेश नं १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्ने भएका छन् । प्रदेश नं २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्ने भएका छन् ।
यस्तै, कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्ने छन् । उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराई, जनसंगठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्ने छन् ।
केन्द्रीय सदस्य भट्टराईका अनुसार अपराह्न २ बजेसम्म समूहगत छलफल सकिएपछि समूह नेताले आजै प्रतिवेदनमाथि सुझाव पेश गर्ने छन् । ती सुझावका आधारमा आइतबार राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिने छन् ।
महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । महाधिवेशन आइतबारसम्म सञ्चालन हुने छ ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया