विद्यार्थीको अध्यक्ष चुन्ने जिम्मा प्रचण्डलाई नै दिइयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिएको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।
विद्यार्थी संगठनको जारी सम्मेलनमा नेतृत्व चयन गर्नेबारेमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठकले विद्यार्थीको अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई नै दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पार्टीको स्थायी कमिटी बैठकमा सम्भावित सबै पात्रहरु अहिलेको उपाध्यक्षदेखि हटनेसम्मका सबैबारे छलफल गरिएको र सबै पात्रहरु समान हैसियतका समान क्षमता राख्ने भएकाले ती मध्येमा छनोट गर्ने जिम्मेवारी अध्यक्षलाई नै दिइएको बैठकपछि महराले बताए ।
बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरुलाई अध्ययनका लागि दिइएको र अव बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताए ।
बैठकमा सरकारका सहभागी हुने नेताहरुकोबारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया