तीन प्रतिवेदन पारित गर्दै एमाले विधान महाधिवेशन सकिँदै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज सकिँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको सांगठानिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरेर आइतबार विधान महाधिवेशन सकिन लागेको हो ।
शनिबार पाँच समूहले सुझाव दिएका थिए भने पाँच समूहले आज सुझाव प्रस्तुत गर्ने छन् । आज प्रदेश नं. २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासका समूहले सुझाव दिने छन् । उनीहरुको सुझाव सकिएपछि राजनीति प्रतिवेदनमा पार्टी अध्यक्ष ओलीले, सांगठानिक प्रतिवेदनमा महासचिव पोखरेलले र विधान संशोधनमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् ।
विधान महाधिवेशनमा शनिबार केन्द्रीय निकाय तथा विभाग, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका थिए । एमालेले पार्टीको १० औं महाधिवेशनको नीति र नेतृत्व चयनका लागि विधान महाधिवेशनको आयोजना गरेको थियो । महाधिवेशनमा ६ हजार ३४७ जना प्रतिनिधि सहभागी छन् । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशन आज तीन प्रतिवेदन पारित गर्दै सकिँदैछ ।
















प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया