विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित
मेरोन्यूज
२०७८ असोज १७ गते ८:१०
काठमाडौँ । नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चापागाईं २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरेका थिए । चापागाईं कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।
सम्बन्धित
प्रतिक्रिया