मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ असोज १७ गते ९:४३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा छलफल हुने जनाइएको छ ।
शनिबार कसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आइतबार सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन निर्णय गरेको थियो । आज बस्ने स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाउने माओवादी केन्द्रले जनाएका छ ।
तर, बैठक बस्ने समय तय नभएको बताइएको छ । सत्ता गठबन्धनको असोज ६ गते बसेको बैठकले एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया