कांग्रेस नगर सभापति : गोकर्णेश्वरमा लामा, शंखरापुरमा श्रेष्ठ, कागेश्वरी-मनहरामा दाहाल

काठमाडौँ । नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाए । यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भएका छन् । सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन् । कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए । यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन् ।
शंखरापुरमा श्रेष्ठ
यसैगरी शंखरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाएका छन् । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् ।
सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भएका छन् । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् । नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।
कागेश्वरी–मनहरामा दाहाल
काङ्ग्रेस कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार उनले १५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

















‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया