एमाले विधान महाधिवेशनमा समूहगत प्रस्तुति सकिँदै

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत भएका तीन प्रतिवेदनमाथिको छलफल जारी छ । गत शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन पेश गरेका थिए ।
पार्टीका तीन जना नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनमाथि शनिबार बिहानदेखि समूहगत छलफल सुरु भएको थियो । यसका लागि विभिन्न तवरबाट १० वटा समूह विभाजन गरिएको थियो ।
जम्मा चार घण्टा मात्रै छलफल गर्न छुट्याइएको समयपछि समूहले तयार पारेको समूहको प्रस्तुति पेश गर्न सुरु भएको थियो । अब दुई समूहको प्रस्तुति हुन बाँकी रहेको एमालेले जनाएको छ ।
प्रतिवेदनमाथिको समूहगत प्रस्तुति सकिएसँगै प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिने कार्यसूची रहेको छ । महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् ।















चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
इजरायलमा इरानको मिसाइल आक्रमण जारी
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया