बालबालिकाका लागि एक करोड कोरोना खोप सुनिश्चित : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिए । आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकाका लागि एक करोड खोप आउने सुनिश्चित भएको बताए ।
उनले यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको बताए । दसैँपछि एक लाख फाइजर खोप आउने उनले जानकारी दिए ।
‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दसैँलगत्तै एक लाख फाइजर खोप आउने छ,’ उनले भने, ‘त्यसपछि फागुनसम्ममा एक करोड खोप आइसक्छ ।’
राज्यमन्त्री श्रेष्ठले कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताए । एक कार्यक्रमका बीच फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनले ४१ करोड ४८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए ।









निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया