शाहरुख खानका छोरा पक्राउ
मेरोन्यूज
२०७८ असोज १७ गते १६:२८

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् । अभिनेता खानका २३ वर्षीया छोरा आर्यानलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो ।
मुम्बईस्थित समुद्री किनारको क्रूज सीप पार्टीमा उनीहरुले लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेको छ । उनीहरुको समूहमा दुई महिला समेत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुनमुन धमेचा, नूपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, आर्यन खान र अरबाज मर्चान्ट पक्राउ परेका हुन् । आर्यनसहित सबै आठ जनामाथि प्रहरीको लागूऔषध नियन्त्रण विभागले प्रश्न गर्दैछ ।
उनीहरुको साथबाट कोकिन, चरेस, मेफेड्रोन जस्ता लागूऔषध प्रहरीले बरामद गरेको जनाएको छ । मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण विभागले पछिल्लो समय बलिउडकर्मीहरुमाथि निगरानी बढाएको छ ।
सम्बन्धित


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया