कालो झण्डासँग कांग्रेसका कोही नेता डराउँदैनन् : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केही मानिसले कालो झण्डा देखाउँदैमा आफूहरू नडराउने बताएका छन् । सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालो झण्डा देखाएका छन् ।
डडेल्धुरामा आयोजना गरिएको पौडेल समूहको सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘अहिले केही साथीहरूले कालो झण्डा देखाउनु भयो, कालो झण्डासँग कांग्रेसका कोही नेता तथा कार्यकर्ता डराउँदैनन् ।’
उनका अनुसार टुँडिखेलमा भएको एक कार्यक्रममा गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएका थिए । त्यसले कुनै फरक परेन अहिले पनि केही फरक नपर्ने उनले बताए । ‘डडेल्धुराको जय नेपाल, बालुवाटारमा बसेका शेरबहादुर जीले सुन्ने गरी भन्नु पर्यो,’ उनले भने ।
गत भदौँ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले क्रियाशील सदस्यता विवादकै बीच पेलेर नै वडा अधिवेशन गरेको थियो । उक्त स्थानमा फेरि वडा अधिवेशन गर्न माग गर्दै ११ दिनदेखि डडेल्धुरामा रिले अनसन थियो । उक्त अनसन आज पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यहरू नेता कोइराला र गुरूराज घिमिरेको उपस्थितिमा दसैंसम्मका लागि अनसन स्थगित गरेका हुन् ।















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया