नाँच्दै गाउँदै बिदा भए एमाले कार्यकर्ता (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गर्दै आइतबार सकिएको छ ।
शुक्रबारदेखि तीन दिनसम्म चलेको विधान महाधिवेशनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित गरेको हो ।
बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।
महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्थले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
हलमै नाचगान
एमाले विधान महाविधेशनको अन्तिम दिन महाधिवेशन हलमा कार्यकर्ताहरु नाँचगान गरे ।

हलमै गीत गाएर कार्यकर्ताहरुले नाचगान गरेका थिए । अन्तिम दिन नाचगान गरेर रमाइलो गर्दै देशैभरबाट जम्मा भएका कार्यकर्ताहरु विदा भएका छन् ।
महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ । महाधिवेशनले पार्टीको लोगो परिमार्जन गरेको छ भने आइतबार नै एप्सको शुभारम्भ गरिएको थियो ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया