आइतबार, चैत १०, २०८१

काठमाडौं कांग्रेसमा देउवालाई धक्काः शाक्यको प्यानल विजयी

मेरोन्यूज २०७८ असोज १७ गते २१:१७

काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको निर्वाचनमा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पक्षको प्यानल नै विजयी भएको छ ।

सभापति निलकाजी श्रेष्ठसहित सिंहको सिङगो प्यानल विजयी भएको हो । शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याए ।

शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् । सुशीलाले ८ सय ४१ मत र महर्जनले ८ सय १ मत प्राप्त गरे ।

उपसभापतिमा पराजित सुधीरनाथ खनालले २ सय ७८ र भरत तण्डुकारले २ सय १५ मत प्राप्त गरे ।

यस्तै सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल विजयी भएका छन् । भने सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

सचिवमा जीत हात पारेका वैद्यले ८ सय ५३ मत र खकुरेलले ७ सय ५९ मत प्राप्त गरे ।

शाक्यको समूहलाई प्रकाशमान सिंह र गगन थापाको समर्थन रहेको थियो । रञ्जितलाई पार्टी सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो ।

प्रतिक्रिया