आजको राशिफल : आश्विन १८ गते सोमबार

आज २०७८ साल आश्विन महिनाको १८ गते सोमबार, आश्विन कृष्णपक्षको त्रयोदशी तिथि । आज सोह्रश्राद्धअन्तर्गत द्वादशीश्राद्ध रहेको छ । आज जुम्ला खलङ्गा चन्दननाथको लिङ्गो ठड्याउने दिन रहेको छ । आज सोमप्रदोष व्रत ।
मेष
आम्दानीमा बृद्धि हुने छ । पारीवारिक जीवन तनावपूर्ण रहने छ । बोलीको प्रभावमा बृद्धि हुने छ तर मनको कुरा अरुलाई नभन्ने बानी पनि कायम रहने छ । हार्डवेयर, निर्माण सामग्री, फलामजन्य कारोवार, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
वृष
आम्दानीमा केही बृद्धि देखिने छ । रिस कडा खालको देखा पर्ने भएकाले संयमित रहनु होला । अरुले विश्वास प्राप्त हुन कठिनाई हुने छ । ग्रिल उद्योग, विषादीको कारोवार, भाडाका सवारीसाधन, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई सकारात्मक हुने छ ।
मिथुन
दृढ खालको व्यक्तित्व हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । मनमा भने दुविधाका क्रम धेरै बढ्ने छ । पैतृक सम्पत्तिका विषयमा द्वन्द र चर्काचर्की हुने छ ।सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, श्रम क्षेत्र, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल बन्ने छ ।
कर्कट
पेशागत क्षेत्र औसत खालको रहने छ । आफ्नो लक्ष्यप्रति केन्द्रीत हुन तिब्रता आउने छ । भाग्यको साथ नभएका कारण कार्यसफलतामा कमि आउने छ । मनोबलमा कमि आउने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् ।
सिंह
पेशागत जीवनमा बादबिबाद तथा कठिनाईबाट गज्रनु पर्ने चुनौति रहेकाले सतर्क रहनु नै ठिक हुने छ । तर आफ्नो लक्ष्य प्राप्तिमा केन्द्रीत रहने व्यक्तित्व हुनेछ । धेरै उत्साही भई ठुला ठला जोखिमहरु मोलि हाल्नु भन्दा ठिक्क गतिमा चल्नु उपयुक्त हुनेछ । शिक्षण, अध्यापन, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई अनुकुल हुनेछ ।
कन्या
परिवारमा मिलन र सहज वातावरण आउने छ । आम्दानीमा गिरावट आएता पनि भाग्यको साथ रहेकाले धेरै कमजोर अवस्था भने आउने छैन । पेशागत जीवनमा सकारात्मक सुधारहरु आउने छन् । अध्यापन, शिक्षा क्षेत्र, स्टेसनरी, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
तुला
आम्दानीमा केही बृद्धि हुनेछ । दाम्पत्य जीवनमा मिठास आउने छ । परिवारमा द्वन्दको अवस्था आउने छ । बोलीको प्रभावकारितामा कमि आउने हुँदा यसबारेमा ध्यान दिनु उपयुक्त हुने छ । मनमा दुविधाले असाध्यै सताउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ ।
वृश्चिक
दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न भने सक्ने छैनन् । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । पेशागत जीवनमा सुधार आउने छ । आम्दानी सोच जस्तो नभए पनि निराशाजन पनि हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा भने बाधा अड्चनहरु आउने छन् ।
धनु
व्यक्तित्वमा कमि आउने छ । मेहनत गरेर कमाएको रकम अनुत्पादक क्षेत्रमा फस्न जाने देखिएकाले सतर्क रहनु होला । मनमा दोहोरो विचारहरु एकपछि अर्काे आउने हुँदा अन्योलता छाउने छ । अध्ययन अध्यापनमा जाने छैन् । लेखक, पत्रकारिता, बोलेर खाने पेशा, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय सकारात्मक रहेको छ ।
मकर
मनमा दृढताका क्रममा बढोत्तरी आउने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुन निकै मेहनत गर्नु पर्ने छ । पेशागत जीवनमा सोचे जस्तो हुने छैन तर धेरै पनि बिग्रने छैन् । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ ।
कुम्भ
ज्ञानि स्वाभावको व्यक्तित्व हुने हुँदा अरुले कदर गर्ने छन् । पेशागत जीवनमा हल्का सुधार आउने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । परिवारमा किचलो हुने र द्वन्द उत्पन्न हुन जाने भएकाले मधुरतापूर्वक विषयवस्तुलाई सुल्झाउने प्रयास गर्नु उपयुक्त हुने छ ।
मीन
पेशागत जीवनमा धेरै अनुकुलता नभए पनि धेरै प्रतिकुल अवस्था पनि रहने छैन् । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन र कठिनाईहरु कायम नै रहने छन् । जीवनसाथिको साथले प्रतिकुलतासँग जुध्न ठुलो तागत मिल्ने छ । सुख सुविधाका साधन त्याग्नु पर्ने वा बञ्चित हुनु पर्ने देखिन्छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया