गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्यः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् ।
सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्य रहेको बताइन् ।
नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतिको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताइन् ।
उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतिको रूपमा देखा परेको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले वातावरण प्रदुषण, विषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादकपदार्थ सेवन लगायतका अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्रति खुसी पनि व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोली प्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि बताइन् ।
२२ वर्ष अघि चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण भएको अस्पतालमा प्रत्येक बर्ष परिवर्तन हुनेगरी चीनबाट नै चिकित्सको टोली आउने गरेको छ ।
अघिल्लो वर्ष आएका १५ जनाको बिशेषज्ञ चिकित्सको टोली आफ्नो कार्यकाल पुरा गरी फर्कन लागेको हो ।
कार्यक्रममा चिनियाँ चिकित्सकको टोलीले नेपालको स्वास्थ्य क्षेत्रको अबस्था र आफुहरुले काम गर्दाको अनुभव व्यक्त गरेका थिए भने टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र समेत प्रदान गरेकी थिइन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया