गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्यः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् ।
सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्य रहेको बताइन् ।
नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतिको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताइन् ।
उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतिको रूपमा देखा परेको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले वातावरण प्रदुषण, विषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादकपदार्थ सेवन लगायतका अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानको रूपमा विकास गर्ने अस्पतालको लक्ष्य प्रति खुसी पनि व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोली प्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि बताइन् ।
२२ वर्ष अघि चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण भएको अस्पतालमा प्रत्येक बर्ष परिवर्तन हुनेगरी चीनबाट नै चिकित्सको टोली आउने गरेको छ ।
अघिल्लो वर्ष आएका १५ जनाको बिशेषज्ञ चिकित्सको टोली आफ्नो कार्यकाल पुरा गरी फर्कन लागेको हो ।
कार्यक्रममा चिनियाँ चिकित्सकको टोलीले नेपालको स्वास्थ्य क्षेत्रको अबस्था र आफुहरुले काम गर्दाको अनुभव व्यक्त गरेका थिए भने टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र समेत प्रदान गरेकी थिइन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया