यातायात कार्यालयबाट आज पनि समातिए दुई बिचौलिया

काठमाडौँ । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा सामेल हुने परिक्षार्थीलाई पास गरिदिन्छु भनि रकम असुल गर्ने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परीक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए ।
उनीहरुले सेवाग्राहीबाट ३५ सय रुपैयाँसम्म लिने गरेको अनुसन्धानको क्रममा खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
ट्रायल तथा लिखित परिक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने र अन्य काम समेत छिटो गरिदिने भनी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकमा ट्राफिक टोली खटाइदै आएको समेत भट्टराईले बताए ।
पक्राउ पर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने वर्ष ३५ को मनोज वाईबा र धनुषाको महेन्द्रनगर घर भई पाटनढोका बस्ने वर्ष ३५ को सञ्जीव राउत रहेका छन् ।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई झुक्याउने, परीक्षा पास गरिदिने भनि रकम असुल्ने र अन्य काम छिटोछरितो गरिदिन्छु भनी रकम लिने माथि निगरानी गर्दै आएको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।
यो पनि,
यातायात कार्यालयका दुई विचौलिया समातिए


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया