यातायात कार्यालयबाट आज पनि समातिए दुई बिचौलिया

काठमाडौँ । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा सामेल हुने परिक्षार्थीलाई पास गरिदिन्छु भनि रकम असुल गर्ने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परीक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए ।
उनीहरुले सेवाग्राहीबाट ३५ सय रुपैयाँसम्म लिने गरेको अनुसन्धानको क्रममा खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
ट्रायल तथा लिखित परिक्षा पास गरिदिने, फास्ट ट्रायलको व्यवस्था मिलाइदिने र अन्य काम समेत छिटो गरिदिने भनी सेवाग्राहीसँग बार्गेनिङ्ग गर्ने गरेको सूचनाको आधारमा सादा पोशाकमा ट्राफिक टोली खटाइदै आएको समेत भट्टराईले बताए ।
पक्राउ पर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने वर्ष ३५ को मनोज वाईबा र धनुषाको महेन्द्रनगर घर भई पाटनढोका बस्ने वर्ष ३५ को सञ्जीव राउत रहेका छन् ।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले यातायात कार्यालयमा आउने सेवाग्राहीलाई झुक्याउने, परीक्षा पास गरिदिने भनि रकम असुल्ने र अन्य काम छिटोछरितो गरिदिन्छु भनी रकम लिने माथि निगरानी गर्दै आएको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।
यो पनि,
यातायात कार्यालयका दुई विचौलिया समातिए













राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
Gold and silver prices decline
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया