साफ च्याम्पियनशीपः भारत र बंगलादेश बराबरीमा रोकियो
मेरोन्यूज
२०७८ असोज १८ गते १९:५१

काठमाडौं । साफ च्याम्पियनशीपको सोमवार भारत बंगलादेशबीचको खेल बराबरीमा रोकिएको छ ।
सोमबार साँझ भएको खेलमा भारत र बंगलादेश एक एकको बराबरी खेलेपछि अंक बाँडेका छन् ।
दोस्रो हाफको ५४ मिनेटमा बंगलादेशका विश्वनाथ घोसले रातोकार्ड पाएपछि बंगलादेश १० खेलाडीमा सीमित भएको थियो ।
सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग बराबरीमा रोकिएपछि एक एक अंक बाँड्न बाध्य भएका हुन् ।
भारतका लागि कप्तान सुनील क्षेत्रीले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा एक खेलाडीले रातो कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सिमित भएको बंगलादेशले ७४ औं मिनेटमा यासिन अराफले गोल गरी बराबरी बनाए ।
सम्बन्धित









कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया