बैतडीमा अक्सिजन प्लान्ट स्थापना हुँदै

बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ ।
जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो चरणमा केही सामग्री आएको बाँकी पनि चाँडै आइपुग्ने छ । उनले भने, “सबै सामग्री आएपछि जडानको काम सम्पन्न गछौँँ ।” पूरै सामग्री आइपुग्न अझै दुई साता लाग्ने उनले बताए । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँ र जिल्ला अस्पतालबीच सम्झौता भएको थियो । सप्लायर्स कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो ।
चार महिनामा बल्ल केही सामग्री आइपुगेको छ । प्लान्ट स्थापनाका लािग संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको छ । रकम प्राप्त भएपछि अस्पतालले बोलपत्र आह्वान गरी उक्त सप्लायर्सलाई छनोट गरेको हो । गत आर्थिक वर्षभित्र नै जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको थियो ।
कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएको थियो । त्यसपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने छ । उक्त प्लान्ट स्थापनाबाट ५० शय्याको अस्पतालका लागि सहयोग पुग्ने डा जोशीले बताए ।
“प्लान्ट स्थापनाले कोरोनाका बिरामीका लागि मात्र नभएर अन्य शल्यक्रिया र सघन उपचार कक्ष सञ्चालनका लागि सहज हुनेछ”, उनले भने । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २१ सक्रिय संक्रमित छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया