प्रचण्डलाई माओवादीको सुदूरपश्चिम प्रदेशले किन दियो लिखित पत्र ?(पत्रसहित)
पार्टीभित्रको ध्वंसात्मक अर्न्तद्वन्द्वको भौतिक र मनोवैज्ञानिक प्रभाव अखिल (क्रान्तिकारी)को सम्मेलनमा देखा परेको सुदूरपश्चिम प्रदेश पार्टीको प्रचण्डलाई लिखित जानकारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा तलैबाट गुटबन्दी हाबी भएको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बताएको छ । सुदूरपश्चिम प्रदेशभित्रको क्रान्तिकारीका जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको सर्न्दभलाई उल्लेख गर्दै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज खगराज भट्ट र सहइञ्चार्ज लक्ष्मणदत्त जोशीले संयुक्त हस्ताक्षर गरी पार्टी अध्यक्ष प्रचण्डलाई त्यसबारेमा लिखित जानकारी गराएका हुन् ।

‘यसअघि निर्वाचनको माध्यमबाट गरिएको अखिल (क्रानितकारी)को २१ औँ राष्ट्रिय सम्मेलनको गतिविधि र परिणामहरू, पार्टी केन्द्र र प्रदेश, जिल्लामा भएका निषेधात्मक अन्तरसंर्घषहरू तथा अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्वबाट भए गरेका विधिविपरीत अन्यायपूर्ण कार्य विभाजन तथा विशेष गरी कञ्चनपुर र कैलाली जिल्ला सम्मेलनमा पार्टीभित्रका ध्वंसात्मक अन्तरद्वन्द्वको भौतिक र मनोवैज्ञानिक प्रभाव यसका पछाडि मुख्य कारक तत्वको रुपमा रहेका छन्, ’माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इञ्चार्ज र सहइञ्चार्जले प्रचण्डलाइ लेखेको पत्रमा उल्लेख छ ।
उनीहरुले १४ बुँदामा रहेर पार्टी अध्यक्षलाई अखिल (क्रान्तिकारी)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनका सर्न्दभमा भएका वास्तविक तथ्य तथा विवादका बारेमा जानकारी गराएका हुन् ।
हेर्नुहोस् प्रचण्डलाई सुदूरपश्चिम प्रदेश पार्टीले लेखेको लिखित पत्र




















प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया