फुटबलमा २२ वर्षपछि नेपालले रच्यो इतिहास

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनशिपको दुई खेल्दा नेपालले इतिहास बनाएको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले पराजीत गर्दै इतिहास बनाएको हो ।
नेपालले श्रीलङ्कामाथि जित निकाल्दै प्रतियोगितामा २२ वर्षपछि नयाँ इतिहास बनाएको हो । यसअघि नेपालले श्रीलङ्कालाई सन् १९९९ मा भारतमा भएको चौथो संस्करमा पराजीत गरेको थियो ।
साफ च्याम्पियनशिपको चौथो संस्करमा पनि नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले नै पराजीत गरेको थियो । जारी १३ औँ संस्करमा समेत नेपालले श्रीलङ्कालाई ३–२ गोलले नै पराजीत गर्नु संयोग भएको छ ।
प्रतियोगितमा नेपालका तर्फबाट सुमन लामाले ३३ औँ मिनेटमा गोल गरेका थिए । उनको गोलसँगै नेपालले श्रीलङ्काविरुद्ध १–० गोलले अग्रता लियो । यस्तै, खेलको ५१ औँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए भने ८६ औँ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका आयुश घलानले गोल गरे ।
यस्तै, श्रीलङ्काको तर्फबाट ह्यामिल्टनले ५७ औँ मिनेटमा र खेलको इन्ज्युरी समयमा पेनाल्टीमार्फत डिलन डे सिल्भाले गोल गरेका थिए ।
यसअघि नेपालले बलियो ठानिएको आयोजक राष्ट्र माल्दिभ्सलाई १–० गोलले पराजीत गरेको थियो । माल्दिभ्स र श्रीलङ्कालाई पराजीत गरेको नेपाली टोलीले लगातार दुई खेलमा जित निकालेको छ ।
लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ भने भारत एक खेलमा एक अंकसहित तेस्रो स्थानमा छ ।
नेपालले अर्को खेल असोज २४ गते भारतसँग र असोज २७ गते बाङ्गलादेशसँग खेल्ने छ । प्रतियोगितामा दक्षिण एशियाका पाँच राष्ट्रहरू नेपाल, भारत, माल्दिभ्स, बाङ्गलादेश र श्रीलङ्का सहभागी रहेका छन् ।
प्रतियोगितामा सबै राष्ट्रले एकले अर्कोसँग (राउण्ड रोविन लिग) खेल्ने छन् । राउण्ड रोविनका आधारमा शीर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्ने छ । फाइनल खेल आगामी असोज ३० गते हुने छ ।









शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया