फुटबलमा २२ वर्षपछि नेपालले रच्यो इतिहास

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनशिपको दुई खेल्दा नेपालले इतिहास बनाएको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले पराजीत गर्दै इतिहास बनाएको हो ।
नेपालले श्रीलङ्कामाथि जित निकाल्दै प्रतियोगितामा २२ वर्षपछि नयाँ इतिहास बनाएको हो । यसअघि नेपालले श्रीलङ्कालाई सन् १९९९ मा भारतमा भएको चौथो संस्करमा पराजीत गरेको थियो ।
साफ च्याम्पियनशिपको चौथो संस्करमा पनि नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले नै पराजीत गरेको थियो । जारी १३ औँ संस्करमा समेत नेपालले श्रीलङ्कालाई ३–२ गोलले नै पराजीत गर्नु संयोग भएको छ ।
प्रतियोगितमा नेपालका तर्फबाट सुमन लामाले ३३ औँ मिनेटमा गोल गरेका थिए । उनको गोलसँगै नेपालले श्रीलङ्काविरुद्ध १–० गोलले अग्रता लियो । यस्तै, खेलको ५१ औँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए भने ८६ औँ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका आयुश घलानले गोल गरे ।
यस्तै, श्रीलङ्काको तर्फबाट ह्यामिल्टनले ५७ औँ मिनेटमा र खेलको इन्ज्युरी समयमा पेनाल्टीमार्फत डिलन डे सिल्भाले गोल गरेका थिए ।
यसअघि नेपालले बलियो ठानिएको आयोजक राष्ट्र माल्दिभ्सलाई १–० गोलले पराजीत गरेको थियो । माल्दिभ्स र श्रीलङ्कालाई पराजीत गरेको नेपाली टोलीले लगातार दुई खेलमा जित निकालेको छ ।
लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ भने भारत एक खेलमा एक अंकसहित तेस्रो स्थानमा छ ।
नेपालले अर्को खेल असोज २४ गते भारतसँग र असोज २७ गते बाङ्गलादेशसँग खेल्ने छ । प्रतियोगितामा दक्षिण एशियाका पाँच राष्ट्रहरू नेपाल, भारत, माल्दिभ्स, बाङ्गलादेश र श्रीलङ्का सहभागी रहेका छन् ।
प्रतियोगितामा सबै राष्ट्रले एकले अर्कोसँग (राउण्ड रोविन लिग) खेल्ने छन् । राउण्ड रोविनका आधारमा शीर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्ने छ । फाइनल खेल आगामी असोज ३० गते हुने छ ।

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
कैलालीमा गोली हानी श्रीमतीको हत्या अनी आफैमाथि चलाए बन्दुक
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया