आइतबार, चैत १०, २०८१

कांग्रेस दोलखा सभापतिमा लामा निर्वाचित

मेरोन्यूज २०७८ असोज १९ गते ११:३७

काठमाडौँ । नेपाली कांग्रेस जिल्ला अधिवेशनअन्र्तगत दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । उनले तारा खड्कालाई ठूलो मतान्तरले पराजीत गर्दै सभापति भएका हुन् ।

लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरिन् ।

यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो ।

प्रतिक्रिया