कांग्रेस जिल्ला अधिवेशन : १० जिल्लाको नतिजा आउँदा पौडेल पक्षको अग्रता, देउवा पक्ष कमजोर

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूमा नेता रामचन्द्र पौडेल समूहले अग्रता कायमै राखेको छ । सुरुदेखि नै अग्रता बनाएको पौडेल समूहले १० जिल्लाको अधिवेशनको नतिजा आउँदासम्म अग्रतालाई कायमै राखेको हो ।
अहिलेसम्म अधिवेशनको नतिजा प्रकाशित हुँदा पौडेल समूहले ६ जिल्लामा नेतृत्व हात पारेको छ । यस्तै, संस्थापन पक्ष अर्थात प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा समूहले ४ जिल्लामा नेतृत्व हात पारेको छ ।
कांग्रेसले दसैँअगाडि २१ हिमाली लिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ । त्यसमध्ये १० जिल्लाको नतिजा आउँदासम्म पौडेल समूहले अग्रता कायम गरेको हो ।
संस्थापन समूहबाट मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह, ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ र रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
त्यस्तै, पौडेल समूहबाट मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्मबहादुर शाही, रुकुम पूर्वमा केशरमान रोका, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने र दोलखामा बर्मा लामा निर्वाचित भएका छन् ।
यसले पौडेल समूह एक भए देउवालाई सभापतिमा गाह्रो हुने संकेत देखाएको छ । जिल्ला निर्वाचन सम्पन्न भएका जिल्लाहरूमा महाधिवेशन प्रतिनिधि भने कसको पक्षमा धेरै आएका छन् भन्ने अहिलेसम्म एकीन हुन सकेको छैन ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया