बैंंकिङ कसुरमा २० लाख रुपैयाँ जरिवार फरार व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट २० लाख रुपैयाँ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि ८ दिन कैद र बिगोबमोजिम २० लाख जरिवानापछि फरार रहेका तामाङलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।
उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले जानकारी दिए ।
–––

















बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया