कोरोनाः जहाँ सन्देश छ, प्रवाह छैन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट दैनिक एक हजार बढी संक्रमित भइरहेका छन् । कोरोना संक्रमणबाटै दैनिक मृत्यु हुनेको संख्या स्वास्थ्य मन्त्रालयले अपडेट गराइरहेको छ ।
कोरोना संक्रमण र मृत्यु दर घटे पनि कोरोनाको जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयले बताइरहेको छ ।
बालबालिकाबाहेक नेपालमा अधिकांशलाई कोरोनाविरुद्धको खोप लगाइएकै कारण पनि कोरोना संक्रमण दर कम भएको मन्त्रालयले जनाएको छ । यद्यपि संक्रमणको जोखिम कायमै रहेको र चाडबाडमा अझ बढी जोखिम रहेको भन्दै मन्त्रालयले प्रदेशदेखि स्थानीय तहसम्म र विमानस्थलदेखि खुला सीमानाकामा रहेको हेल्थ डेस्कमै एन्टीजेन परीक्षण गर्न पत्राचार नै गरेको छ ।
कोरोनाको जोखिम रहे पनि स्वास्थ्य सतर्कता अपनाएर ब्यापार ब्यवसाय र दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गर्दै देशैभर लागू गरिएका निषेधाज्ञाहरु हटाइएका छन् ।
निषेधाज्ञा हटाएपछि हिन्दु नेपालीहरुको महान चाड बडादेशैंको मुखमा काठमाडौं लगायतका शहरबजारमा अप्रत्याशित ढंगले भीँड बढेको छ ।
चाडबाडका लागि काठमाडौं बाहिर जाने यात्रुका लागि पनि असोज ११ गतेदेखि टिकट बुकिङ् खुल्ला गरिएको छ । यातायात ब्यवसायी राष्ट्रिय महासंघकाअनुसार अहिलेसम्म १७ हजार बढीले टिकट बुकिङ गरिसकेका छन् ।
अग्रिम बुकिङ खुला गरिएका काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुको चाप अत्याधिक छ ।

यात्रुको चाप भएकाले कोरोना संक्रमणको जोखिम रहेकाले सतर्क रहन सन्देश दिने उद्देश्यले बनाइएको कोरोना भाइरसजस्तो देखिने मान्छे बसपार्कमा भेटिन्छन् । त्योसँगसँगै कोरोनाबाट बच्नका लागि सबै सतर्क हुनुपर्ने सन्देश दिएको अर्को मान्छे सँगसँगै डुलिरहेका देखिन्छन् ।
यातायात ब्यवसायीहरुले दिएको सन्देशको कसैलाई प्रवाह छैन । बसपार्कमा टिकट बुक गर्न आउनेहरु कतिले मास्क नै लगाएका छैनन् भने अधिकांशले मास्क नाकमुनी र कसैको चिउँडोमुनी लगाएका भेटिन्छन् ।




तस्वीरः जुली गिरी













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया