कोरोनाः जहाँ सन्देश छ, प्रवाह छैन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट दैनिक एक हजार बढी संक्रमित भइरहेका छन् । कोरोना संक्रमणबाटै दैनिक मृत्यु हुनेको संख्या स्वास्थ्य मन्त्रालयले अपडेट गराइरहेको छ ।
कोरोना संक्रमण र मृत्यु दर घटे पनि कोरोनाको जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालयले बताइरहेको छ ।
बालबालिकाबाहेक नेपालमा अधिकांशलाई कोरोनाविरुद्धको खोप लगाइएकै कारण पनि कोरोना संक्रमण दर कम भएको मन्त्रालयले जनाएको छ । यद्यपि संक्रमणको जोखिम कायमै रहेको र चाडबाडमा अझ बढी जोखिम रहेको भन्दै मन्त्रालयले प्रदेशदेखि स्थानीय तहसम्म र विमानस्थलदेखि खुला सीमानाकामा रहेको हेल्थ डेस्कमै एन्टीजेन परीक्षण गर्न पत्राचार नै गरेको छ ।
कोरोनाको जोखिम रहे पनि स्वास्थ्य सतर्कता अपनाएर ब्यापार ब्यवसाय र दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गर्दै देशैभर लागू गरिएका निषेधाज्ञाहरु हटाइएका छन् ।
निषेधाज्ञा हटाएपछि हिन्दु नेपालीहरुको महान चाड बडादेशैंको मुखमा काठमाडौं लगायतका शहरबजारमा अप्रत्याशित ढंगले भीँड बढेको छ ।
चाडबाडका लागि काठमाडौं बाहिर जाने यात्रुका लागि पनि असोज ११ गतेदेखि टिकट बुकिङ् खुल्ला गरिएको छ । यातायात ब्यवसायी राष्ट्रिय महासंघकाअनुसार अहिलेसम्म १७ हजार बढीले टिकट बुकिङ गरिसकेका छन् ।
अग्रिम बुकिङ खुला गरिएका काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुको चाप अत्याधिक छ ।

यात्रुको चाप भएकाले कोरोना संक्रमणको जोखिम रहेकाले सतर्क रहन सन्देश दिने उद्देश्यले बनाइएको कोरोना भाइरसजस्तो देखिने मान्छे बसपार्कमा भेटिन्छन् । त्योसँगसँगै कोरोनाबाट बच्नका लागि सबै सतर्क हुनुपर्ने सन्देश दिएको अर्को मान्छे सँगसँगै डुलिरहेका देखिन्छन् ।
यातायात ब्यवसायीहरुले दिएको सन्देशको कसैलाई प्रवाह छैन । बसपार्कमा टिकट बुक गर्न आउनेहरु कतिले मास्क नै लगाएका छैनन् भने अधिकांशले मास्क नाकमुनी र कसैको चिउँडोमुनी लगाएका भेटिन्छन् ।




तस्वीरः जुली गिरी
















अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया