कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलियो
झाडापखालाबाट दुईको मृत्यु, दुई सय जना डिस्चार्ज
मेरोन्यूज
२०७८ असोज १९ गते १८:३४

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप देखिएको छ । वडा न.७, ८ र ९ नम्बर वडाका २ सय ७८ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन् ।
झाडापखालाबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने २ सय जना उपचारपछि घर फर्किएका छन् ।
कृष्णनगर नगरपालिका वडा न. ९ का पाँच वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय रामप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।
स्थानीय अस्पतालले बिरामी थेग्न नसकेपछि शिवराज अस्पतालमा समेत बिरामी आउन थालेको स्थानीयले बताएका छन् ।
जटिल बिरामीलाई तौलिहवा र बुटवलमा पठाउन थालिएको प्रमुख पाण्डेले जानकारी दिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया