एमालेको विधान महाधिवेशनमा खर्च कति ?
झण्डै २०-२२ करोड एमालेले विधान महाधिवेशनमा खर्च गरेको पारम्भिक अनुमान छ, तर एमालेले जम्माजम्मी ७-८ करोड खर्च गरेको बताएको छ

काठमाडौं । सामान्यभन्दा सामान्य कार्यक्रम गर्दा पनि महँगो जनजीवनका कारण कतिपय संघ/सस्थाहरुले गर्न सकिएला ? कसरी गर्ने होला ? भनेर बजारको वढ्दो महँगी, भड्किलो जनजीवन र त्यसको तयारी लगायतका कामले निक्कै हैरानीमा पर्ने हुन्छन । त्यसमाथी प्रमुख राजनीतिक दलका नेताहरुको कार्यक्रम कति महँगो होला ? सहज अनुमान लगाउन सकिन्छ ।
राजनीतिक दलका भेला -सम्मेलन भन्ने वित्तिकै निक्कै भडकिलो हुन्छ । त्यसको प्रचार – प्रसारमा गर्ने खर्च, अन्य गाँस र वासको प्रवन्धले पनि ब्यवस्थापन निक्कै खर्चिलो र चुनौतिपूर्ण हुन्छ ।
यस्तो बेला एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।
देशभरवाट नेता -कार्यकर्ताको जमघटसहित गरिएको विधान महाधिवेशन बाहिरबाट हेर्दा निक्कै भड्किलो र रबाफिलो थियो । एमाले अध्यक्ष केपी ओलीले बन्दशत्रको समापनमा दिएको मन्तब्यलाई नै सापटी लिएर भन्ने हो भने, यो बन्दशत्र अहिलेसम्म कुनै पनि राजनीतिक दलले जमघट गराउन नसकेको सवैभन्दा ठूलो बन्द शत्र हो ।
झण्डै ७ हजार मान्छेहरुको सहभागितामा एमालेले बन्दशत्र आयोजना गरेको थियो । यसको ब्यवस्थापनमा एमालेले कति खर्च गर्यो होला ? अहिले सबैले चासोका साथ हेरेका छन् । तर एमाले कार्यलय सचिव शेरवहादुर तामाङ ७-८ करोडमा विधान महाधिवेशन सम्पन्न भएको तर्क गर्छन ।
तर उनको दाबीभन्दा तीन गुण बढीसम्म खर्च एमालेले महाधिवेशनमा गरेको एमाले नेताहरु नै दाबी गर्छन् ।
के मा कति खर्च ?
एमालेले विधान महाधिवेशन गरेको हल सरकारले निर्माण गरेको सम्मेलन केन्द्रको हो । तीन दिनको लागि एमालेले हलको भाडामै २१ लाख खर्च गरेको छ । मुख्य हलभन्दा वाहिर पनि एमालेले टेन्ट सम्म राखेर पनि वन्दशत्रमा सहभागी नेताहरुलाई सहभागि गराएको थियो ।
यसका लागि पनि एमालेले लाखौं खर्चिएको छ ।
महाधिवेशन स्थल उपत्यकाको रिङरोडभन्दा वाहिर रहेको र वासको ब्यवस्थापन रिङ रोड भित्रनै भएकोले पनि एमालेले सहभागी प्रतिनिधीहरुलाई सहभागिताका लागि ३० ओटा माइक्रोबसलाई रिर्जभ गराएको थियो ।
माइक्रो रिर्जभका लागि उसले दैनिक ८ हजार एउटा माइक्रोलाइ उपलब्ध गराएको थियो । यस हिसावले ३० ओटा माइक्रोलाई प्रतिदिन २ लाख ४० हजारका दरले तीन दिन ७ लाख २० हजार रुपैया खर्च गरेको छ ।
७ हजार सहभागीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँको दरले खसी र कुखुराको मासुसहितको खाना एमालेले खुवाएको थियो । एक छाक खानाकै लागि एमालेले ४२ लाखसम्म खर्च गरेको छ । ३ दिन ६ छाक खानाका लागि एमालेले खानामा मात्रै २ करोड ५० लाख जति खर्च गरेको छ ।
खाजा ब्यवस्थापन र प्रचारप्रसारमा पनि एमालेले उत्तिकै मात्रामा खर्च गरेको छ । प्रचार प्रसारका लागि पनि एमालेले उत्तिकै मात्रामा भड्किलो प्रचार शैली अपनाएको थियो । त्यसमा लाखौं एमालेले खर्च गरेको छ ।
यी सबै खर्च जोडने हो भने झण्डै २०/२२ करोड सम्म एमालेले विधान महाधिवेशनमा खर्च गरेको पारम्भिक अनुमान छ । तर एमालेले जम्मा जम्मी ७/८ करोड रुपैया खर्च भएको बताउँदै आएको छ ।
एमाले र माओवादी एकता ४ वर्ष पनि नटिकी फेरि पूरानै अवस्थामा फर्किएको, सरकारको कुर्सीमा रहिरहेका एमाले अध्यक्ष केपी ओली सर्वाेच्च अदालतको परमादेशका आधारमा सरकारबाट वाहिरिनु परेको र एमाले पनि माधव नेपाल लगायत नेताहरुले विभाजन गरेर नयाँ पार्टी गठन गर्न पुगेपछि एमालेलाई विधान महाधिवेशन भब्य र आकर्षक बनाई सफल बनाउनु थियो ।
त्यसका लागि पनि एमालेले विधान महाधिवेशनमा तडक भडक गरेकै थियो ।
अझ एमालेले विधान महाधिवेशनको हल, स्टेजको डेकोरेसन र ओलीलाई गरिएको ‘प्रोजेक्सन’ चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं सम्मेलनसँग मिल्दोजुल्दो गरी भब्य र आकर्षक बनाउन खोजेको थियो । स्टेजको पृष्ठभूमि बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ भएको चिनियाँ कम्युनिष्ट पार्टीको (सीपीसी)को १९ औं राष्ट्रिय सम्मेलनको डेकोरेसनसँग मिल्दोजुल्दो थियो ।
अध्यक्ष ओलीलाई पार्टीभित्र शक्तिशाली बनाउन आयोजकहरुले महाधविशेनको तयारी, साजसज्जा ओलीमय बनाएका थिए । ओलीको महिमामण्डन गर्ने गरी ब्यवस्थापनको पाटो मिलाईएको थियो । यसमा पनि एमालेले थप खर्च गरेको छ ।
कहाँबाट जुटछ खर्च ?
यति विघन पैसा खर्च गरेर महाधिवेशन गर्न सक्ने हैसियत राजनीतिक दलहरुसँग कसरी वन्छ ? यसको आम्दानीको स्रोत के हुन् ? भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठने गर्छ । तर राजनीतिक दलहरुले खर्च पार्टी सदस्यताबाट उठ्ने लेवि, सांसद जनप्रतिनिधी राजनीतिक नियुक्तिमा जानेहरुवाट लिने विशेष प्रकारको लेवी र स्वेच्छिक चन्दाहरुलाई आधार देखाउने गर्छन् ।
एमालेले पनि विधान महाधिवेशनमा गरेको खर्च सदस्यताको लेवि र जनप्रतिनिधीलाई लगाउने गरेको पारिश्रमिकको लविवाट खर्च गरिएको बताएको छ ।
केन्द्रीय कार्यालयका सचिव तामाङले भने,– स्वभाविक रुपमा खर्च पार्टी सदस्यताको लेवी र जनप्रतिनिधीका लेवीवाट बचेको रकमबाट खर्चिएको हो । अन्य केही स्वोच्छिक सभुचिन्तकहरुको सहयोग पनि भयो होला ।’
तर दलहरुका यस्ता महाधिवशेनहरुमा हुने खर्च पारदर्शी भने हुदैनन । कतिपय ब्यापारी, ब्यवसायीहरुलाई दलले लगाउने चन्दाबाट पनि महाधिवेशन जस्ता कार्यक्रम राजनीतिक दलहरुले गरेका हुनछन् ।










चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया