मध्य भोटेकोशीको आइपिओ बिक्री खुला

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल ९० करोड बराबरको एक सय अंकित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासनमा ल्याएको हो ।
निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँटमा परेका शेयरधनीले यस निष्कासनमा पुनः आवेदन दिएमा आवेदन रद्द हुने उल्लेख गरेको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया