सप्तरीमा एक युवती मृत फेला
मेरोन्यूज
२०७८ असोज २० गते १३:३३

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् ।
रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैँ रूखमा झुन्डिएको हुन सकिने बताइएको छ ।
घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदानी गत शनिबारदेखि घरबाट बेपत्ता भएकी थिइन् ।
सम्बन्धित











विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया