सप्तरीमा एक युवती मृत फेला
मेरोन्यूज
२०७८ असोज २० गते १३:३३

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् ।
रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैँ रूखमा झुन्डिएको हुन सकिने बताइएको छ ।
घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदानी गत शनिबारदेखि घरबाट बेपत्ता भएकी थिइन् ।
सम्बन्धित
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया