माओवादीबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरेको छ ।
गठबन्धन दलहरुबीच मन्त्रीको भागबण्डा टुंगिएपछि बुधबार बसेको स्थायी समिति बैठकले एक राज्यमन्त्रीसहित चार जनाको नाम टुंगो लगाएको हो ।
माओवादी केन्द्रीय कार्यालय पेरिशडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले देवेन्द्रराज पौडेल, महेश्वर गहतराज र शशी श्रेष्ठलाई मन्त्रीका लागि सिफारिस गरेको छ । माओवादी केन्द्रले बोधमाया यादवलाई भने राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
यसअघि माओवादी केन्द्रको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई मन्त्री सहभागी भइसकेका छन् । देउवा सरकारमा जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री रहेका छन् ।
बुधबार मन्त्रीको लागि सिफारिस गरिएकाहरुलाई कुन कुन मन्त्रालय भन्ने चाहीँ खुलाइएको छैन ।
बुधबार नै जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीको भागमा परेको चार मन्त्रीको टुंगो लगाउने विहानदेखि कसरत गरिरहेको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया