माओवादीबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरेको छ ।
गठबन्धन दलहरुबीच मन्त्रीको भागबण्डा टुंगिएपछि बुधबार बसेको स्थायी समिति बैठकले एक राज्यमन्त्रीसहित चार जनाको नाम टुंगो लगाएको हो ।
माओवादी केन्द्रीय कार्यालय पेरिशडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले देवेन्द्रराज पौडेल, महेश्वर गहतराज र शशी श्रेष्ठलाई मन्त्रीका लागि सिफारिस गरेको छ । माओवादी केन्द्रले बोधमाया यादवलाई भने राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
यसअघि माओवादी केन्द्रको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई मन्त्री सहभागी भइसकेका छन् । देउवा सरकारमा जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री रहेका छन् ।
बुधबार मन्त्रीको लागि सिफारिस गरिएकाहरुलाई कुन कुन मन्त्रालय भन्ने चाहीँ खुलाइएको छैन ।
बुधबार नै जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो पार्टीको भागमा परेको चार मन्त्रीको टुंगो लगाउने विहानदेखि कसरत गरिरहेको छ ।

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया