पौडेलसमूहलाई क्रियाशील सदस्यताकै पिरलो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्लाको अधिवेशन भइसक्दा पनि विभिन्न ठाउँमा क्रियाशील सदस्यताको विवाद नटुंगिएको भन्दै रामचन्द्र पौडेलसमूहले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपासहित विभिन्न ठाउँमा भइरहेको अनसनको बारेमा ध्यानाकर्षण गराएका हुन् ।
क्रियाशील सदस्यताको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपा तथा प्रदेश २ को रौतहट र सर्लाहीमा कांग्रेस कार्यकर्ताहरु अनसनमा छन् ।
क्रियाशील सदस्यताको विषयलाई लिएर रौतहटका पार्टी नेता कार्यकर्ता तीन महिनादेखि पार्टी कार्यालयमै अनशन बसिरहेका छन् ।
त्यस्तै, सर्लाहीका गोविन्दराम यादव एक सातादेखि क्रियाशील सदस्यताको विषयलाई लिएर आमरण अनशनमा छन् ।
कांग्रेस बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंह बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई अनसनमा बसेकाहरुको समस्या सुन्न आग्रह गरे ।
क्रियाशील सदस्यताको विवाद नटुंगिदासम्म महाधिवेशनसमेत हुन नहुने पौडेलपक्षको अडानपछि महाधिवेशनको मिति फेरि पछाडि सार्न नेताहरु सहमत भएका छन् ।
प्रधानमन्त्री देउवा र पौडेल पक्षबीच मन्त्री भागबण्डाको विषयमा पनि छलफल भएको बताइएको छ ।
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया