पौडेलसमूहलाई क्रियाशील सदस्यताकै पिरलो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्लाको अधिवेशन भइसक्दा पनि विभिन्न ठाउँमा क्रियाशील सदस्यताको विवाद नटुंगिएको भन्दै रामचन्द्र पौडेलसमूहले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीहरुले पार्टी केन्द्रीय कार्यालय सानेपासहित विभिन्न ठाउँमा भइरहेको अनसनको बारेमा ध्यानाकर्षण गराएका हुन् ।
क्रियाशील सदस्यताको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपा तथा प्रदेश २ को रौतहट र सर्लाहीमा कांग्रेस कार्यकर्ताहरु अनसनमा छन् ।
क्रियाशील सदस्यताको विषयलाई लिएर रौतहटका पार्टी नेता कार्यकर्ता तीन महिनादेखि पार्टी कार्यालयमै अनशन बसिरहेका छन् ।
त्यस्तै, सर्लाहीका गोविन्दराम यादव एक सातादेखि क्रियाशील सदस्यताको विषयलाई लिएर आमरण अनशनमा छन् ।
कांग्रेस बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंह बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई अनसनमा बसेकाहरुको समस्या सुन्न आग्रह गरे ।
क्रियाशील सदस्यताको विवाद नटुंगिदासम्म महाधिवेशनसमेत हुन नहुने पौडेलपक्षको अडानपछि महाधिवेशनको मिति फेरि पछाडि सार्न नेताहरु सहमत भएका छन् ।
प्रधानमन्त्री देउवा र पौडेल पक्षबीच मन्त्री भागबण्डाको विषयमा पनि छलफल भएको बताइएको छ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया